१०. इजाजतपत्रको नवीकरण :-
(१) वितरकले चलचित्र वितरण गर्न दिइएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र स्वदेशी चलचित्र भए सात हजार रुपियाँ र विदेशी चलचित्र भए बीसहजार रुपियाँ तिरी मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गर्न नसकेमा देहायका अवधिभित्र देहाय बमोजिमको थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गर्न सकिनेछ :-
(क) इजाजतपत्र नवीकरण गर्ने म्याद समाप्त भएको मितिले पैंतीस दिनभित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत,
(ख) खण्ड (क) बमोजिमको म्याद समाप्त भएको मितिले दुई महिनाभित्र नवीकरण दस्तुरको पचास प्रतिशत ।
(३) प्रदर्शकले चलचित्र प्रदर्शन गर्न पाएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र देहायका क्षेत्रका चलचित्र घरको लागि देहाय बमोजिम दस्तुर तिरी मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ :–
तर संवत् २०७७ साल असार मसान्तसम्म इजाजतपत्र नवीकरण भएका प्रदर्शकले आर्थिक वर्ष २०७७/७८ मा लाग्ने इजाजतपत्रको नवीकरण दस्तुरमा पूर्ण छुट पाउनेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गर्न नसकेमा
देहायको अवधिभित्र देहाय बमोजिमको थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।
(क) इजाजतपत्र नवीकरण गर्ने म्याद समाप्त भएको मितिले पैंतीस दिनभित्र
नवीकरण दस्तुरको पच्चीस प्रतिशत,
(ख) खण्ड (क) बमोजिमको म्याद समाप्त भएको मितिले दुई महिनाभित्र
नवीकरण दस्तुरको पचास प्रतिशत,
(ग) खण्ड (ख) बमोजिमको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र
नवीकरण दस्तुरको पचहत्तर प्रतिशत,
(घ) खण्ड (ग) बमोजिमको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र
नवीकरण दस्तुरको शतप्रतिशत ।
(५) यो उपनियम प्रारम्भ हुँदाका बखत उपनियम (४) बमोजिम इजाजतपत्र
नवीकरण नगरेका इजाजत प्राप्त व्यक्तिले यो उपनियम प्रारम्भ भएको तीन महिनाभित्र यस
नियम बमोजिम लाग्ने नवीकरण दस्तुर, सो बापतको थप दस्तुर र थप दस्तुरको शतप्रतिशत
अतिरिक्त दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ ।
(५क) यो उपनियम प्रारम्भ हुँदाका बखत उपनियम (४) बमोजिम इजाजतपत्र
नवीकरण नगरेका इजाजत प्राप्त व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले छ महिनाभित्र
यस नियम बमोजिम लाग्ने नवीकरण दस्तुर र सो बराबरको थप दस्तुर तिरी इजाजतपत्र
नवीकरण गराउन सक्नेछ ।
(६) बोर्डले चलचित्र प्रदर्शन गर्न उपयुक्त छ भनी सिफारिस गरेको चलचित्र
घरलाई मात्र यस नियम बमोजिम नवीकरण गरिनेछ ।
(७) उपनियम (१), (२), (३), (४) र (५) बमोजिमको म्यादभित्र पनि इजाजतपत्र
नवीकरण नगरेमा त्यस्तो इजाजतपत्र स्वत रद्द हुनेछ ।